दफा ३९
मतपेटिका, विद्युतीय उपकरण नोक्सान भएमा वा तोडफोड गरिएमा
(१) कुनै मतदान केन्द्रमा मतदानको लागि प्रयोग भएको मतपेटिका वा मतदान गर्न राखिएको विधुतीय
उपकरण दुर्घटनावश नोक्सान भएमा वा जानाजान तोडफोड गरी नोक्सान गरिएमा मतदान अधिकृतले सम्बन्धित निर्वाचन अधिकृतलाई त्यस घटनाको प्रतिवेदन तुरुन्त दिनु पर्नेछ ।
(२) मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाई सकेको मतदानको लागि प्रयोग भएको मतपेटिका कुनै किसिमले खोसिएमा वा जानाजान तोडफोड गरी नोक्सान गरिएमा वा दुर्घटनावश नोक्सान भएमा वा उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान तुरुन्त रद्द गर्नु पर्नेछ र त्यसको प्रतिवेदन आयोगमा तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुन मतदान गर्ने मिति र समय तोकी त्यसको सूचना त्यस्तो मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।